नियम १८
असक्षमताको प्रतिशत निर्धरण गर्ने
चियाबगानले तोकेको काम गर्दा गर्दै दुर्घटनामा परी कुनै कामदार वा कर्मचारीको अंग भंग भएमा कारखाना निरीक्षकले त्यस्तो कामदार वा कर्मचारीको अंग भंगको सम्बन्धमा नेपाल सरकारद्धारा मान्यता प्राप्त चिकित्सकबाट अनुसूचीमा उल्लेख भए बमोजिम असक्षमताको प्रतिशतको निर्धारण गराई नियम १६ बमोजिम त्यस्तो कामदार वा कर्मचारीलाई व्यवस्थापकबाट क्षतिपूर्ति दिलाउनु पर्नेछ । तर कामदार वा कर्मचारीको असक्षमताको प्रतिशतको निर्धारण १०० प्रतिशत भन्दा बढी हुने छैन